रोइरहेको हिट्लर

-राजव

हिट्लरले पढेका किताबहरु
विद्वानहरु संकलन गर्दैछन्
र भन्दै छन्
हिट्लर हत्यारा मात्र हैन
ज्ञानी पनि रहेछ

यो समाचारपछि
ज्ञानीहरु हत्यारा हुंदैनन् भन्ने कथन
गलत भएकोछ

हिट्लर बधकला जानेको
मानवहारी थियो
उसलाई काउली, चना, साग, धनियां
र बधित मानिसका समाचारहरुको पारीकार मनपर्थ्यो

विद्वानहरु भन्दैछन्
पूर्वजहरुको नरशंहारी गाथा पढेर
हिट्लर रोएकोरहेछ

हिट्लरलाई
ढुङ्गा सम्झनेहरुलाई
एउटा आश्च्रर्यको समाचार छापिएको छ
हिट्लर मृत्युोपछि रोएको रहेछ

बिद्वानहरुले भर्खरै
चिहान खनेर
रोइरहेको हिट्लर
निकालेकाछन्