दशै कस्को हो ?


-मुकुन्द शरण उपाध्याय

विजया दशमी २०६६ का उपलक्ष्य मा शुभकामना र आशीर्वाद । विजया दशमी चाड कसरी शुरु भयो ? भन्ने बिषय मा साधारणतया देवी भगवती ले महिषासुर दानव लाई जितेर देवता लाई उनको राज्य फिर्ता गराएको उपलक्ष्य मा भएको भन्ने चलन छ तर यथार्थ कुरा के हो भने मूल रुप मा यो पर्व मानिस ले प्रकृति माथी विजय गरेको उपलक्ष्य मा नै शुरु भएको हो । प्राचीन काल मा वर्षा ऋतु मा खोला नाला बढेर तर्न नसकी वारी का वारी र पारी का पारी हुन्थे । जसले गर्दा आफन्त हरु के कस्तो अवस्था मा छन् बाढी पहिरो आदि मा पो परे कि ? भनेर टाढा टाढा भएका इष्ट मित्र हरु निक्कै आपस मा आत्तिन्थे । फोनको सुबिधा थिएन, पत्र पत्रिका पनि थिएनन् । असाध्य अन्यौल हुन्थ्यो । एसै क्रम मा यो दशै पर्व शुरु भएको हो । पछि जब देवी को पूजा गर्ने चलन आयो दशै मा पनि यो कुरा जोडियो र महिषासुर का कुरा आए । अझै पछि जब राम को पूजा गर्ने चलन आयो दशै साथ श्री राम ले लंका माथी विजय गरेको प्रसंग पनि थपियो वा जोडियो । अनि हिन्दू पण्डित हरु ले एस कुरा मा बढी जोड दिन थाले र यो पर्व हिन्दू हरु को पेवा जस्तो बन्दै गयो र तेस बाट भ्रम को खेती गर्नेहरु लाई मौका पर्यो अथवा बढ्दै गयो र एसबाट विभिन्न जात जाति र संस्कृति भएका मानिस को साझा पर्व दशै लाई पनि घाटा हुन थाल्यो । हुँदा हुँदै हिजो सम्म आफ्नो प्यारो पर्व भनेर मान्दै आएका कति नेपाली हरु अब हामी ले दशै मान्ने कि नमान्ने ? भनेर टोलाउन पर्ने अवस्था मा पुग्न थाले । यथार्थ मा यो पर्व प्रकृति माथी विजय गरेको पर्व मात्र हो र नेपाल को जस्तो प्राकृतिक स्थिति भएको देशको हरेक मानिस को साझा पर्व हो । अब को चेतनशील यूग का नेपाली ले यो यथार्थ आत्म साथ गर्न पनि पर्छ र सबै लाई बुझाउन पनि पर्छ । नत्र नेपाल र नेपाली हरु मा फूट पार्ने तत्व हरु को बिगबिगी बढेर जान्छ । विजया दशमी २०६६ का उपलक्ष्य मा शुभकामना र आशीर्वाद ।

(स्मरण रहोस यो लेखक ले नेपाली हरु का लागि लेख्नु भएको शुभकामा मात्रा हो कुनै लेख होइन। लेखक, नेपाली भाषा मा देखिएको अराजकता लाई अन्त्य गर्न २०३५ साल एता निरन्तर नेपाली भाषा मा समर्पित हुनु हुन्छ र नेपाली भाषा लाई बैज्ञानीक रुप दिन नेपाली भाषा को ठुलो ग्रन्थ "भाषा बिज्ञान" प्रकाशन गर्ने तयारी मा हुनु हुन्छ । लेखक ले २०२३ साल मा "प्राक्रित पोखरा" नामक कविता काव्य का लागि मदन पुरस्कार पाउन पनि सफल हुनुभएको थियो ।)