मुक्तक



-बलदेव भट्टराई

(१)

बढाउँदा पाइला यात्राका एक बिहानी याद आयो ।
पल्टाउँदा पाना जिन्दगीका एक कहाँनी याद आयो ।
जहाँ हामी केही पाइला साथ हिडेंर बिदा भएथें,
धत्! बिर्सुँ भन्यो झन भिंजेको जवानी याद आयो ।

(2)

नपिउने मान्छे म, कहिले काँही पर्दा पिएथें बस ।
ढुंगा भन्थे मेरो मन, एक्लो हुँदा मात्र रोएथें बस ।
एक गति थियो मेरो, भन्थे म- नहार्ने मान्छे हुँ,
शक्ति जो तिम्रो; त्यो मायाको, त्यहीं एक हारेथें बस ।

डडेलधुरा , हाल: कोरिया