गजल


-राजेन्द्र अधिकारी

हुँर्दैन पापी दुनियाँको कुनै भर हुँदैन।
यो शहरमा त अब मेरो घर हुँदैन।

नाराबाजी छ उस्तै,हड्ताल छ आज पनि,
भन्छन बन्दुकको कुनै नाम थर हुँदैन।

हिजो पनि त्यस्तै भयो, आज पनि उस्तै,
कुकुर झैँ मार्छन् मान्छे, कुनै डर हुँदैन।

जान्छु बरु मत उतै,जान्छु अब गाउँतिरै,
जस्तै भए'नी गाउँ जस्तो, जाबो शहर हुँदैन।

बाबु-बाजेलाई भयो, बेसै भयो सबैलाई,
मलाई मात्रै किन त्यो छानो 'खर' हुँदैन।