फूलहरुको आयु


-तीर्थ गुरुङ

यी फूलहरु
गमलाभारिका फूलहरु
सुन्दर प्रतीत हुन्छन !

आजभोली गमलाहरुमा फूल रोपिन्छन्
तर गमलाका फूलहरु नाजुक हुन्छन !
ति मुर्झाउँछन्
केहि दिन हेरचाह नपाए
ति मुर्छाउछन्
असिना, हुरी, बतास भए

फेरि पनि गमलाको बिक्री बढेकै छ !

ति फूलहरु
जंगली फूलहरु
सुन्दर अति हुन्छन् !

कस्ले मलजल गरि दिएका छन् र?
कस्ले पो गोडमेल गरि दिएका छन् र?
तर ती फूल्छन् झकमक्कै फूल्छन्
जस्तो सुकै स्तिथिमा पनि
सतिसाल झैँ उभिईरहन्छन् !

जिन्दगीको जरा
गमलाहरुमा गाडिनु हुदैन
जिन्दगीको बिऊ
जंगलहरुमा रोपिनु पर्छ !


कास्की, नेपाल
हाल : दोहा