गजल

-निर्मला शर्मा


जिन्दगीको मीठो यात्रा तिमीसंगै गर्न पाऊँ
प्रेमप्याला पिइकन संगै जिउन मर्न पाऊँ

बसन्तको आँगनमा फूलहरु सार्दासार्दै
पिरतीको उकालीमा नयाँ रंग भर्न पाऊँ

हास्ने चलन छैन भन्छन जताततै पीडैपीडा
लोलाएका ओठहरुमा मिठो मुस्कान छर्न पाऊँ

प्रभातको किरणसरि जीवनमा रम्दारम्दै
हाम्रो प्रेमको फूलबारीमा नयाँ फूल सार्न पाऊँ

जिन्दगीको मीठो यात्रा तिमीसंगै गर्न पाऊँ
प्रेमप्याला पिइकन संगै जिउन मर्न पाऊँ