गजल


- जयन्ती गौडेल

बुझ्दै जाँदा बालुवाको घर रै छ जीवन
चौतारीमा एक्लिएको बर रै छ जीवन

कहिले भेट्ने कहिले छुट्ने सम्बन्धको बाटो
यस्तै यस्तै नियती को भर रै छ जीवन

जस्तो परे पनि आखिर हाँस्नु पर्छ भने
भोगाईमा मलाई लाग्यो कर रै छ जीवन

कस्तो कठीन बुझ्नलाई आफ्नै यात्रा पनि
लाग्छ कहिले वर कहिले पर रै छ जीवन

सुनिश्चित छैन आज भोली कस्तो कस्तो
यो होला कि त्यो होला खै डर रै छ जीवन

पोखरा (हाल:अस्ट्रेलिया)