गीत


-नीलम कार्की निहारिका

उनी हिड्ने बाटो अर्कै मेरो अर्को भयो
देखेका ति सारा सपना बर्खे भेलले लग्यो

छुदै छन् रे सफलताको सगरमाथा उनले
टाढै बाट शुभकामना दिई रहन्छ मनले
समाज को अघिल्तिर उनी- म बिरानो
हिडेका ति कठिन यात्रा भै गए सब पुरानो

उनी भन्थे कटुला त्यों भन्ज्याङ भेक
म रहे बेसी मा नै उनी पुगे लेक
दुख सुख बाड्नलाई अब उनको अर्कै साथी
नित्य बाल्ने गर्छु उनकै नाउमा दियो बाती

आउदा खेरी अघिल्तिर भेट्दा बाटो घाटो
नचिने झै गर्नु पर्छ बोलचाल गर्नु साटो
चढ्दै जाऊ अझ शिखर हेरी बसी राछु
अनाम हाम्रो सम्बन्ध को गाठो कसि राछु

उनी हिड्ने बाटो अर्कै मेरो अर्को भयो
देखेका ति सारा सपना बर्खे भेलले लग्यो

(हाल:अमेरिका)