राष्ट्र र राष्ट्रियता


-ध्रुब श्रेष्ठ

म थिएँ
म सँगै तिमी थियौ
र त, हामी थियौ ।
अहिले, म छु
तर, म सँग तिमी छैन्यौं / तिमी सँग म छैन
हाम्रो अस्तित्व संकटमा छ ।
ब्वाँसाहरु,
भ्रमको खेती गरेर
मेरो र तिम्रो दुरी बढाउन उद्धत देखिन्छन् ।
प्रिय,
हाम्रो अस्तित्व जोगाउने एउटै उपाय - हाम्रो मिलन हो ।
कपटको कालो अध्याँरो हटाउन
आउ, एक हात तिमी बढाउ एक हात म बढाउँछु ।
हामीले यो कालो अध्याँरो च्यात्नै पर्छ
म र तिमी एक हुनै पर्छ ।


(पोखरा)