
तुफानहरु ठीक तिमी जस्तै हुन्छन् । एक पटक आउँछन् । तहल्का मच्चाउँछन् । अनि सुस्ताउँछन् । अनि समयका अन्तरालहरु छलेर फेरि आउँछन् । फेरि कोइलाहरु भर्भराए । फेरि सम्भावनाहरुले सम्भावित बन्ने मौका पाए । फेरि विश्वासहरु विश्वसनिय हुन थाले - प्रकट पगेनी 'शिव'
'बाटो छेक्छन् जून ताराले' पार्वती पहारी 'तुफान'को पहिलो कृति स्वरुप प्रकाशित भएको गजल सङ्रह हो जसभित्र जम्मा एक सय एक वटा गजलहरु सङ्रहित छन् । 'माधव पौडेल'द्वारा प्रकाशित यस कृतिको आवरण 'रमेश पौडेल'ले बनाएका छन् । १०१ पृष्ठ रहेको यस पुस्तकको मुल्य जम्मा रु:१०० राखिएको छ । नेपाली गजलमा एउटा अर्को सुन्दर उपस्थितीको लागि 'साताको साहित्य' परिवारको तर्फबाट गजलकार 'तुफान'लाई हार्दिक बधाई ।