तिहार गजल



-निष्प्रभ सजी

गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु

पोहोर साल परार साल ओईलिएरै गयो फूल
बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु

सम्झना छ तिहारको टिका लाउने बेला अझै
बाङो भयो टीका भन्दै रिसाउंथिस् पैले बाबु

बेग्लै भाछस् फोटो हेर्दा डर लाग्छ अलिकती
साँच्चै भुलिस् भन्ने ठान्छु आईनस् भने ऐले बाबु

nisprabhsaji@gmail.com