"सडककी पत्रीका पसले" (लघु कथा)


-आचार्य प्रभा


रत्नपार्कको भीडबिच म पनि आफुलाई कोचेर हिँडी रहेकी थिएँ। अनायस मसिनो आवाजले म झस्किएँ। "ल बहिनी लिनोस,नेपाली पत्रपत्रिका,कबिताका,मनोरन्जनका किताबहरु"यसो भुइँमा नजर दौडाएँ। एउटी महिला काखमा यस्तै ६/७ महिनाको बालक च्यापेर एउटा थोत्रो तन्ना ओछ्याएर केही किताब,पत्रपत्रिकाहरु छरपस्ट पारेर आफ्नो जीजिबिषा पोखिरहेकी थिइ। म टक्क अडिएँ । उस्को मायालु आवाजले र सोँधे। "सबैभन्दा धेरै कुन चाहिँ बेच्नु हुन्छ?"भनेर । उस्ले जवाफ दिइ। अलिक अश्लिल तस्बिर भएका किताबहरु देखाउँदै। "धेरै बिक्ने त यही हुन नी। " अनी फेरि भनि "दैनिक पत्रीकाहरु पनि अलिक खतरा र मारेको,मरेको बिनाश भएको खबर छ भने चाँडै र धेरै बिक्छन।" अनी फेरि मैले सोंधे "परदेशबाट" नामक कबिता संग्रह उठाएर "यो नी"?उसले नाख खुम्च्याउँदै भनि "कहाँ बिक्नु नी?मलाई जबर्जस्ती किताब पसलेले यो पनि बेच्न सक्यौ भने एउटा बेचे वापत २ रु,दिन्छु भनेर १० वटा भिँडाए। खै अहिले सम्म हप्तादिन भो किन्न त के कसैले पनि हेरेकै छैनन् । अब आज फिर्ता दिन्छु उसैलाई। " उस्को वाक्य सुन्नासाथ मैले "ल दिदी ती किताबहरु मलाई दिनुहोस् म किनिदिन्छु। कमसेकम तपाईंलाई २० रु,त आउँछ। "यत्ती के भनि सकेकी थिएँ। उ खुशीले प्रफुल्ल भई। ती किताबहरु समेटेर मलाई जिम्मा लगाउन आतुर बन्दै भन्न थाली। के गर्ने? "हामीले त पेट पाल्नु पर्छ। जुन बिक्छ त्यहि नै ल्याउँछौ र बेच्छौं। "यत्ती भन्दै उसले ती किताबहरुमा घोरिएर नजर लगाइ मानौ आज मात्र उसले त्यो किताबमा राम्रोसँग नजर दौडाइ रहेकी छे। उ किन हो किन अलिक मुहारको आक्रिती फेर्दै मलाई ती किताबहरु जिम्मा लगाइरहेकी थिइ। मैले हत्त पत्त किताबका दाम बुझाएँ र त्यहाँबाट बाटो लागेँ । उस्ले मलाई परसम्म हेरिरहेकी थिइ। खै!किन हो?नत त्यो किताबकी लेखिकाको तस्बिरसँग मेरो मुहार मिलेर झस्किएर हेरी वा आज यस्तो कबिताको किताब पनि बेच्न सकेँ भनेर छक्क परी।