उदाउन लागेको बिहान


-साबित्रा काफ्ले


सखारै,
एकहुल परेवाहरु,
अनन्त यात्रा कोर्छन्
छिडीमा बसेर।
अनिश्चयको
ओत ओडेका
गौथलीहरु,
चारा खोज्छन्
लीउन बसेको
रातो आकाशमा।

कात्रो ओडेर,
हिमाल रुन्छ
प्रत्येक बिहानीमा,
ऊझीन्डोमा उनेर
अभाबका मालाहरु,
मालसिरी गाऊछन्
चमेलीहरु।

सपना फल्छ
बुँगोहरुमा,
लटरम्म झुलेका
बालाहरु,
मलम बनेर
शितलता भर्छन्
घाउहरुमा।
पाखाभरी फुलेका,
सुनाखरी,
गीत गाउछन्
साथै राखेर
गौथली र चमेलीहरु।